विद्युतीय गुनासो पेटिका (Digital Grievance Box)
२०७९-०५-२३
२०७९-०५-२३
यो विद्युतीय गुनासो पेटिका जिल्ला प्रशासन कार्यालय, नुवाकोटले संचालनमा ल्याएको गुनासो पेटिका हो । सार्वजनिक उत्तरदायित्वको एउटा माध्यम (tools) को रुपमा प्रत्येक कार्यालयहरुमा गुनासो पेटिका राख्नु पर्ने व्यवस्था रहेको छ । सूचना प्रविधीको विकास भएसँगै हाम्रा गुनासो गर्ने माध्यमहरु पनि परिवर्तन भएका छन् । सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज होस् भन्ने अभिप्रायले यो विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको हो । यस गुनासो पेटिकामा तपाँईहरुले जिल्ला प्रशासन कार्यालय, नुवाकोटले प्रदान गर्नु पर्ने सेवाका साथ साथै जिल्ला भित्रका सरकारी तथा अर्ध सरकारी निकायहरुवाट प्रदान हुने पर्ने सेवाको सन्दर्भका केहि गुनासो, उजुरी वा सुझावहरु भए राख्न सक्नुहुने छ । यहाँहरुको गुनासो तथा सुझावहरुलाई अमूल्य सम्पत्तिको रुपमा लिई जिल्लामा सेवा प्रवाहमा सुधारको लागी प्रयोग गरिने छ । यस गुनासो पेटिकामा आउने गुनासो तथा सुझावहरु सिधै प्रमुख जिल्ला अधिकारीकोमा जानेछन् भने उजुरीकर्ता वा गुनासोकर्ताको विवरण गोप्य राखिनेछ ।
नुवाकोट जिल्लाका सरकारी सेवा प्रदायकहरुको सेवा सुधारको यस अभियानमा जोडिएर गुनासो राख्ने वा सुझाव दिनुहुने सबैमा हार्दिक धन्यवाद ।
https://docs.google.com/.../1FAIpQLSedEeOleQH.../viewform...
