नुवाकोट जिल्ला नेपालको मानचित्रमा बागमती प्रदेश अन्तर्गत रहेको एक मध्ये पहाडी जिल्ला हो । उत्तरमा रसुवा जिल्लाको सिमाना जोडिएको झण्डै अर्धचन्द्रकारको रुपमा पूर्व पश्चिम फैलिएर रहेको भौगोलिक बनावटमा पहाडी भू–भागको अंश ७१ प्रतिशत लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, बेशी र समथर भू–भागको अंश ११ प्रतिशत रहेको छ भने नुवाकोट जिल्ला २७º–४५º देखि २८º–२०º उत्तरी अक्षांश सम्म र ८५º–०º देखि ८५º–४५º पूर्वी देशान्तर सम्म अवस्थित रहेको छ । समुन्द्र सतह न्यूनतम ४५७ मिटर देखि अधिकतम ५१४४ मिटर उचाई सम्म भू–धरातल रहेको क्षेत्रफल ११२१ बर्ग कि.मि. छ । यस जिल्लालाई १० गा.पा. र २ नगरपालिकामा विभाजन गरिएको छ भने यो जिल्ला राजधानी संग समेत जोडिएको ऐतिहासिक, राजनैतिक, भौगोलिक दृष्टिकोणले नेपालकै महत्वपूर्ण जिल्ला हो । २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २,६३,३९१ (पुरुष १,२८,९९८ र महिला १,३४,३९३) र परिवार संख्या ६८,६७९ रहेको छ । यो जिल्ला राजधानी देखि सदरमुकाम सम्म ६८ कि.मि.को दुरीमा छ भने जनघनत्व २३५ जना प्रती बर्ग कि.मि. र नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत स्थान ओगटेको छ । यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ्ग, उत्तरमा रसुवा र दक्षिणमा काठमाण्डौ जिल्ला पर्दछ ।
| मिति | जिल्ला परिचय विवरण | फाईलहरु | एक्सन |
|---|---|---|---|
| 2076-08-03 |
संघिय संरचना अनुसार
2076-08-03 |
||
| 2076-07-29 |
प्रोफाईल किताब
2076-07-29 |