Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

निजामती सेवा दिवस, २०७९ मनाईएको सम्बन्धी प्रेस विज्ञप्ती

२०७९-०५-२३ २०७९-०५-२३

4(3).jpg तस्बिर :

निजामती सेवा दिवस, २०७९ मनाईएको सम्बन्धी

प्रेस विज्ञप्ती

नुवाकोट जिल्लामा यस वर्षको १९ औं निजामति सेवा दिवस "व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्दि र सुशासन" भन्ने नारा सहित विविध कार्यक्रमहरु संचालन गरी मनाईएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको अध्यक्षतामा वसेको निजामति सेवा दिवस २०७९ जिल्ला मुल समारोह समिति तथा कार्यालय प्रमुखको मिति २०७९।०५।०५ मा वसेको वैठकले गरेको निर्णय अनुसार नुवाकोट जिल्लामा निम्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।

  • राष्ट्रसेवक मैत्री व्याडमिन्टन प्रतियोगिता: सरकारी कार्यालय तथा सुरक्षा निकायहरुमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरुको संलग्नता रहेको प्रतियोगिताको उद्घाटन मिति २०७९।०५।१८ मा भएको थियो । विभिन्न कार्यालयका ३६ टिमले भाग लिएको प्रतियोगिताको उद्दघाटन विदुर तथा बेलकोटगढी नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी विचको मैत्रीपुर्ण खेलवाट भएको थियो । २०७९।०५।२२ प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयका सुन वहादुर तामाङ र दुर्गा वहादुर थापामगरको टोली प्रथम भएको थियो भने जवरजंग गणको सरोज खड्का र कृष्ण माझी रहेको टोलीले द्वितिय स्थान प्राप्त गर्न सफल भएको थियो । तृतिय स्थानमा जिल्ला स्वास्थ्य कार्यालय र त्रिशुली जलविद्युत आयोजनाको टिम रहेका थिए ।
  • वृक्षारोपण कार्यक्रम: मिति २०७९।०५।२१ विहान ८:०० वजे वाराही सामुदायिक वन विदुर २, ४ मा विभिन्न प्रजातीका ५० वटा फलफुलका विरुवा रोपिएको थियो । जिल्ला समन्वय समितिका प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा वाराही सामुदायिक वन उपभिक्ता समुहका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, कर्माचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको समेत सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रम डिभिजन वन कार्यालय नुवाकोट तथा भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटको संयोजनमा सम्पन्न भएको थियो ।
  • रक्तदान कार्यक्रम: त्रिशुली अस्पतालले संयोजन गरको रक्तदान कार्यक्रम मिति २०७९।०५।२२ गते ११:०० वजे शुरुवात भएको थियो । उक्त रक्तदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, प्रहरी उपरिक्षक रमेश पण्डित, वरिष्ठ प्रहरी उपरिक्षक उत्तम पुडासैनी लगायत विभिन्न सरकारी कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी जम्मा ६० जनाले रक्तदान गर्नु भएको थियो ।
  • कार्यालय परिसर सरसफाई तथा दीप प्रज्वलन कार्यक्रम: दिवसको सन्दर्भमा सवै सरकारी कार्यालयहरुमा सम्पुर्ण कर्मचारीहरुको संलग्नतामा कार्यालय परिसर सरसफाई गरिएको थियो भने २२ गते साँझ कार्यालयहरुमा दिपावली गरिएको थियो ।
  • फलफुल वितरण कार्यक्रम: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको संयोजनमा त्रिशुली अस्पतालमा उपचाररत ५० जना विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।
  • सेवाग्राही सम्मान: दिवसको अवसरमा प्रत्येक कार्यालयहरुमा भदौ २२ गते पहिलो सेवाग्राहीलाई अविर तथा खादा लगाई स्वागत र सम्मान गरिएको थियो ।
  • उत्कृष्ट कर्मचारी सम्मान: प्रत्येक कार्यालयहरुमा विगत एक वर्ष गरेको कामको मुल्यांकनका आधारमा एक जना कर्मचारीलाई कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत तथा सम्मान गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको यस वर्षको उत्कृष्ट कर्मचारीमा राहदानी शाखामा कार्यरत कार्यालय सहयोगी श्री रेशम लामिछानेलाई सम्मान गरिएको थियो ।
  • शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रम: मिति २०७९।०५।२२ गते दिनको ३:०० वजे जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, विशिष्ठ अतिथी विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ तथा जिल्ला समन्वय समितिका उपप्रमुख दल वहादुर तामाङ रहनु भएको थियो । कार्यक्रममा व्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुने खेलाडीलाई सम्मान पत्र, मेडल तथा ट्रफी वितरण हुनका साथै खेलकुद प्रतियोगितामा सहयोग गर्ने नुवाकोट व्याडमिन्टन संघ तथा तेक्वान्दो संघका प्रमुख तथा प्रतिनिधीहरुलाई धन्यवाद सहित प्रशंसा पत्र तथा मायाको चिनो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विभिन्न कर्मचारीहरुले कविता, गीत, चुट्किला समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका वक्ताहरुले निजामति सेवा दिवसको सन्दर्भमा सुभकामना दिनुका साथै निजामती सेवाले सेवा प्रवाहमा गरेको योगदानको प्रशंसा गर्दै भावि दिनमा सुधार गर्नु पर्ने विविध पक्षहरुमा समेत जोड दिनु भएको थियो ।

सुचना अधिकारी

जिल्ला प्रशासन कार्यालय

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-08 14:25:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट