2076-11-29
2076-11-29
मिति २०७६ फागुन २८ गते बुधबारका दिन जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजनमा सहायक प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रेको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, विदुर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार सहितको सहभागितामा नुवाकोट जिल्लाका बट्टार, ढुंगे र त्रिशुली बजारमा रहेका ३ वटा मेडिकल/पोलिक्लिनिक र ८ वटा खाद्य पसल/स्टोर्स/सप्लायर्सहरुको अनुगमन गर्दा देहायको अवस्था देखिएको र अनुगमनका क्रममा देहायका निर्देशन/सुझाव तथा कारवाही गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ:
(क) अनुगमनका क्रममा देखिएको अवस्था
१. खाद्य पसल/स्टोर्सहरुमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको
२. औषधी पसलहरुमा पर्याप्त मात्रामा औषधी मौज्दात रहेको, मास्क तथा स्यानिटाइजर नरहेको र माग गरिएको भन्ने जानकारी प्राप्त भएको
३. केहि खाद्य पसलहरुमा म्याद नाघेका वस्तु भेटिएको, गोदाम व्यवस्थापन राम्रो नरहेको तथा मूल्य सूची अद्यावधिक नगरेको देखियो
(ख) गरिएको कारवाही तथा दिइएका निर्देशन
१. म्याद नाघेका डिटोल ४ थान, बिस्कुट २ प्याकेट, मसला ५ प्याकेट, चिया ३ प्याकेट, स्प्राइट ३ प्याकेट, वोनभिटा २ प्याकेट, हर्लिक्स ४ प्याकेट र चकेलेट २ प्याकेट वरामद गरी नष्ट गरिएको ।
२. मूल्यसूची अद्याविधक गर्न, पसल तथा गोदामको सरसफाईमा ध्यान दिन, खाद्य तथा गैर खाद्य वस्तुलाई छुट्टाछुट्टै राखी बिक्रि गर्न खाद्य पसलहरुलाई निर्देशन दिइएको ।
३. म्याद नाघेका औषधिलाई छुट्टै राख्न तथा क्लिनिकको फोहोरलाई तोकिएका छुट्टाछुट्टै बाल्टिनमा राखी व्यवस्थापन गर्न औषधि पसल/पोलिक्लिनिकहरुलाई निर्देशन दिइएको ।
४. खाद्य पदार्थ तथा औषधिहरुको अभाव हुन नदिन स्थानीय प्रशासनसँग नियमित समन्वय गर्न अनुरोध गरिएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट
Powered By: ProActive Developers