2076-05-22
2076-05-22
२०६१ भाद्र २२ बाट मनाउन थालिएको निजामती सेवा दिवशको १६औं समारोह, जिल्ला स्तरीय मूल समारोह समिति, नुवाकोट ले निम्न कार्यक्रमसहित मनाएको छ। २०७६ भाद्र २० देखि सञ्चालित कार्यक्रमको नारा "सक्षम निजामती प्रशासन; विकास, समृद्दि र सुशासन" तय भएको थियो। यस क्रममा सञ्चालित विभिन्न कार्यक्रमका केही झलकहरू निम्न छन्।
१. कार्यालय सरसफाइ कार्यक्रम
२. रक्तदान कार्यक्रम
३. वृक्षारोपण कार्यक्रम
भाद्र २२ गते कार्यालय समयपश्चात वृक्षारोपण गरी निजामती सेवा दिवशको औपचारिक कार्यक्रम समाप्त भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा विदुर न.पा.का प्रमुख सञ्जु पण्डित र अध्यक्ष सहायक प्र.जि.अ. वद्रीनाथ गैह्रेले निजामती प्रशासन र राजनीतिक नेतृत्वले कार्य वातावरण सौहार्द बनाएर मात्र राष्ट्रिय हीत प्राप्त हुनेमा जोड दिनु भयो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, जिल्ला स्तरका सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, निर्वाचित तथा क्रियाशील युनियनका पदाधिकारीहरू, कर्मचारीहरू, वन उपभोक्ता समितिका पदाधिकारी, पत्रकार, उद्योग वाणिज्य संघ लगायत सर्वसाधारणहरूको उपस्थितिमा सञ्चालित औपचारिक कार्यक्रममा स.प्र.जि.अ.ले सरोकारवाला हरूको सकारात्मक सहयोगले मात्र स्थायी सरकार निजामती प्रशासनले अपेक्षित लक्ष्य हासिल हुनसक्नेमा जोड दिनुभयो। औपचारिक कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्नु भएकोमा प्रशासकीय अधिकृत धर्मराज भट्ट सरलाई हार्दिक धन्यवाद!
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट
Powered By: ProActive Developers