Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

१६ ‍औं निजामती सेवा दिवश २०७६

२०७६-०५-२२ २०७६-०५-२२

1(1).jpg तस्बिर : Main Banner

२०६१ भाद्र २२ बाट मनाउन थालिएको निजामती सेवा दिवशको १६औं समारोह, जिल्ला स्तरीय मूल समारोह समिति, नुवाकोट ले निम्न कार्यक्रमसहित मनाएको छ। २०७६ भाद्र २० देखि सञ्चालित कार्यक्रमको नारा "सक्षम निजामती प्रशासन; विकास, समृद्दि र सुशासन" तय भएको थियो। यस क्रममा सञ्चालित विभिन्न कार्यक्रमका केही झलकहरू निम्न छन्।

१. कार्यालय सरसफाइ कार्यक्रम

२. रक्तदान कार्यक्रम

३. वृक्षारोपण कार्यक्रम

भाद्र २२ गते कार्यालय समयपश्चात वृक्षारोपण गरी निजामती सेवा दिवशको ‌‍औपचारिक कार्यक्रम समाप्त भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा विदुर न.पा.का प्रमुख सञ्जु पण्डित र अध्यक्ष सहायक प्र.जि.अ. वद्रीनाथ गैह्रेले निजामती प्रशासन र राजनीतिक नेतृत्वले कार्य वातावरण सौहार्द बनाएर मात्र राष्ट्रिय हीत प्राप्त हुनेमा जोड दिनु भयो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, जिल्ला स्तरका सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, निर्वाचित तथा क्रियाशील युनियनका पदाधिकारीहरू, कर्मचारीहरू, वन उपभोक्ता समितिका पदाधिकारी, पत्रकार, उद्योग वाणिज्य संघ लगायत सर्वसाधारणहरूको उपस्थितिमा सञ्चालित औपचारिक कार्यक्रममा स.प्र.जि.अ.ले सरोकारवाला हरूको सकारात्मक सहयोगले मात्र स्थायी सरकार निजामती प्रशासनले अपेक्षित लक्ष्य हासिल हुनसक्नेमा जोड दिनुभयो। औपचारिक कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्नु भएकोमा प्रशासकीय अधिकृत धर्मराज भट्ट सरलाई हार्दिक धन्यवाद!

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-08 14:25:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट