Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
नेपाल सरकार

Ministry of Home Affairs

District Administration Office, Nuwakot

Government of Nepal Logo
नेपाल सरकार

Ministry of Home Affairs

District Administration Office, Nuwakot

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जिल्ला विपद व्यवस्थापन समिति(DDMC)को बैठक सम्पन्न

2081-02-17

2081-02-17


1717062800017.jpg Images :

आज मिति २०८१ जेष्ठ १७ गतेका दिन नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रामकृष्ण अधिकारीज्यूको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समिति(DDMC)को बैठकबाट भएका निर्णयहरु
निर्णयहरू
1. जिल्ला विपद् व्यवस्थापन समितिको पछिल्लो बैठकको निर्णयको कार्यान्वयन अवस्थाको समीक्षा गरियो। विपद् व्यवस्थापनको क्षेत्रमा हालसम्म भएका कार्यहरू सन्तोषजनक रहेको पाइयो।
2. जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०८१/१२/1३ गतेको बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उप समितिबाट अध्यावधिक गरी पेश भएको जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना 2080 (Disaster Preparedness and Response Plan) र र मनसुन, चट्याङ प्रतिकार्य आपतकालिन कार्ययोजना 2081 लाई पारित गरी कार्यान्वयन गर्ने ।
3. स्वीकृत कार्ययोजनामा उल्लेखित विषयगत समितिका संयोजकहरूले जेष्ठ मसान्तभित्र समितिको वैठक वसि आ आफ्नो विषय क्षेत्रको आवश्यक पुर्वतयारी गर्ने गराउने ।
4. गर्मि मौसमको समयमा झाडापखला, डेङ्गु, टाइफाट लागायतका रोगहरुको माहामारी फैलन सक्ने हुँदा जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह तथा सम्बन्धित कार्यालयहरुले नियन्त्रणको लागि आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य कर्मीहरुको पूर्णरुपमा व्यवस्थित गर्ने गराउने।
5. जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन समयमा देशका अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको सन्दर्भलाई समेत मध्यनजर गरी जिल्लास्थित सवै सुरक्षा निकायहरू, स्थानीय तह, सवै सार्वजनिक सेवा प्रदायक कार्यालयहरूले समन्वय गरी मनसुनी वर्षाको समयमा हुनसक्ने संभावित जोखिम न्यूनीकरणका लागि आफूसँग भएको स्रोत र साधन तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राख्ने । यस प्रकारका सामाग्रीहरुको मौज्दातको पूर्वमूल्याँकन गरी आवश्यक परिमाणको मौज्दात सुनिश्चित गर्ने ।
6. स्थानीय तहहरूले स्थानीय आपतकालीन कार्य संचालन केन्द्र- LEOC लाई क्रियाशिल बनाई LEOC ले आफ्नो क्षेत्रमा भएका विपद् सम्बन्धी घटना तत्काल जिल्ला आपतकालिन कार्य संचालन केन्द्र-DEOC र सुरक्षा निकायहरूलाई जानकारी गराउने । साथै स्थानीय तह भित्र घटेका विपद्का घटना पश्चात वितरित नगद तथा अन्य सहयोगको विवरण समेत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने ।
7. स्थानीय विपद् व्यवस्थापन समितिले आफ्नो स्थानीय तहमा रहेको विपद् उद्धारको सामाग्रीहरू दुरूस्त अवस्थामा राख्ने। अपुग भएमा खरिद गरी राख्ने साथै सोको विवरण तथा भण्डार गरिएको स्थानका बारेमा जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायलाई समेत जानकारी गराउने ।
8. जिल्ला विपद् व्यवस्थापन कोषबाट जिल्लाका विभिन्न स्थानमा भएका विपद्जन्य( आगलागी र हुरीबतास) घटनाका पिडितहरूलाई मिति 2080/१२/१४ देखि मिति 208१/०२/१६ सम्ममा ९ जनालाई राहत स्वरूप उपलव्ध गराइएको जम्मा रकम रू. ८१000।-(रू एकासि हजार मात्र) अनुमोदन गर्ने।
9. ककनी गाउँपालिका २ नं. वडा कार्यालयको भवन निर्माणको लागि सविक ओखरपौवा गाविस-३, हाल ककनी गाउँपालिका वडा नं. २ को कित्ता नं. ३२३ को 1२-७-१-० मध्येबाट 3-0-0-0 रोपनि क्षेत्रफल भएको जग्गा माग भएकोमा उक्त जग्गा प्रकोप उद्दार तथा व्यवस्थापनको लागि आवश्यक नपर्ने भएको हुँदा उक्त जग्गा उपलब्ध गराउँदा ऐतिहासिक, पुरातात्विक, धार्मिक, संस्कृतिक महत्वको स्थलहरूको मौलिकतामा असर नपर्ने भनी स्थानीय विपद् व्यवस्थापन समिति ककनी गाउँपालिकाबाट सिफारिस भई आएकोले सोही बमोजिम सम्बन्धित निकायमा सिफारिस गर्ने ।
10. मानवीय सहयोगको क्षेत्रमा कार्यरत तथा जिल्लाका विभिन्न विषयगत क्षेत्रमा आबद्ध संघ/संस्थाहरुले मनसुनी वर्षाको समयमा आवश्यक पर्न सक्ने मानवीय सहयोग सम्बन्धी सामग्रीहरु स्थानीय तहसँग समन्वय गरी तयारी अवस्थामा राख्ने तथा स्थानीय तहहरूमा आवश्यकता भएको बखत स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी उपलब्ध गराउने/ वितरणको व्यवस्था मिलाउने।
11. बर्षातको समय नजिकिंदै गएको हुँदा विद्युत, खानेपानी, टेलिफोन, इन्टरनेट, सडक मार्ग आदिमा अवरोध हुन सक्ने र यस बाट सार्वजनिक सेवा प्रवाह तथा जनजीवन प्रभावित हुने हुँदा विषयगत कार्यालयहरुले तत्काल सुचारु गर्न सक्ने गरी आवश्यक तयारी अवस्थामा रहने ।
12. वर्षाको समयमा गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अन्तर्गत तिरतिरेको भिर, जिलिङ्ग लगाएत अन्य सडक मागर्हरु बाढी पहिरोले अवरुद्ध हुन सक्ने हुँदा तत्काल सुचारु गर्न सक्ने गरी गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाले आवश्यक व्यवस्थापन मिलाउने ।
13. सडक डिभिजन कार्यालय, नुवाकोट र पुर्वाधार कार्यालय नुवाकोटले आ आफ्नो कार्यक्षेत्र भित्रका सडकहरूमा वर्षातको समयमा हुनसक्ने आवागमन अवरोध हुनसक्ने सम्भावित स्थानहरूको पहिचान गरी अवरूद्ध भएको खण्डमा तत्काल खुलाउन सक्ने गरी आवश्यक पुर्वतयारी गर्ने गराउने ।
14. यस जिल्लाको विदुर नगरपालिका वडा नं ३ मा रहेको नेपाल प्रहरीको विपद् ब्यवस्थापन वेस क्याम्प नुवाकोट, तथा जिल्ला स्थित सुरक्षा निकायहरूमा रहने गरी तपशिल बमोजिमका विपद् उद्दारमा प्रयोगहुने सामाग्रिहरू जिल्ला विपद व्यवस्थापन समिति मार्फत उपलब्ध गराइदिन श्री आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश सरकारलाई अनुरोध गर्ने ।
15. सूर्यगढी गाउँपालिकाको वडा नं. १ मा पर्ने काउले, सेम्राङ र बुलबुलेको बस्ती स्थानान्तरण तथा सानो भोर्लेको लागि बस्ती जोखिम व्यवस्थापन कार्यको आवश्यक सहजीकरणको लागि सम्बन्धित गाउँपालिकाको च.नं.११८२मिति २०८१/०२/१६ पत्रबाट लेखिआएकोले आवश्यक प्राविधिक निरीक्षणका लागि श्री राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आवश्यक सहयोग र समन्वयका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा अनुरोध गर्ने ।
16. जिल्लाको पूर्वी क्षेत्रका तादी, दुप्चेश्वर र पत्र्चकन्या गा.पा.का क्षत्रे जिल्ला सदरमुकामबाट टाढा रहेको साथै कमजोर ग्रामीण सडक भएकोले वर्षातको समयमा हुन सक्ने विपद्जन्य घटनाहरुमा तत्काल उद्धार तथा क्षती न्यूनिकरणका लागि तादी गाउँपालिकामा सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्मको अस्थायी पोष्ट स्थापना गरिदै आएको सन्दर्भलाई समेत मध्यनजर गर्दै आगामी वर्षायाममा समेत सो क्षेत्रमा अस्थायी पोष्ट स्थापनाको लागि भवन तथा बसोबासको व्यवस्था तादी गा.पा. र सवारी साधन लगाएतका अन्य व्यवस्थापनका लागि तादि र पञ्चकन्या गा.पा. लाई अनुरोध गर्ने ।
17. तादी गाउँपालिकाको च.नं. १७६४ मिति २०८१/१२/१७ को पत्रानुसार छहरे-टोखा- आँप्रह- खरानीटार सडक अन्तर्गतका पञ्चकन्या गा.पा. -२, आँप्रह र तादी गा.पा-५, बाहुनबेसी जोड्ने तादी खोलाको पक्कि पुल गत बर्षहरुका मनसुनी वर्षाले दुवै तिरबाट कटान भई तत्कालिन समयमा सडक सुचारु गरिएतापनि दिगोरुपमा उक्त कार्याहरु नभएकाले आगामी मनसुनी वर्षाले पुलमा क्षती पुग्न सक्ने देखिएकाले पुलको स्तरोन्नतीका लागि सम्बन्धित निकायमा बजेट माग गर्न सिफारिस गर्ने ।

News


View All
Last Updated : 2083-02-21 10:23:58

© All Rights Reserved to District Administration Office, Nuwakot .