Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
नेपाल सरकार

Ministry of Home Affairs

District Administration Office, Nuwakot

Government of Nepal Logo
नेपाल सरकार

Ministry of Home Affairs

District Administration Office, Nuwakot

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

About Office 2076-05-19

मुलुकको दैनिक प्रशासन लगायत कानूनी राज्यको अवधारणालाई कार्यान्वयनमा ल्याई शान्ति- सुरक्षा¸ अमनचयन र सुशासन कायम गर्ने सन्दर्भमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । वि.सं. २०२८ सालमा जारी भएको स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जिल्लाको गृह प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटको स्थापना भएको हो ।

यस जिल्लामा २ वटा नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहहरू क्रियाशील रहेका छन् भने यस अन्तर्गत ८८ वटा वडा कार्यालयहरु रहेका छन् । नेपाल सरकार¸ गृह मन्त्रालय अन्‍तर्गत रहेको यस कार्यालयले मुलत: जिल्लामा सुव्यवस्था¸ शान्ति सुरक्षा विपद् व्यवस्थापन¸ नागरिकता/राहदानी वितरण लगायत जिल्लाका विभिन्न कार्यालयहरुबीच संस्थागत समन्वय गर्दै¸ विकास निर्माणको अनुगमन र सार्वजनिक अपराध सम्बन्धी मुद्धाहरु कारवाही र किनारा लगाउने समेतका कार्य गर्दै नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी वनाई सुशासनको प्रत्याभूति गर्ने समेतका कार्यहरू गर्दछ ।

जिल्ला प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार

  • जिल्लाको शान्ति सुरक्षा सम्वन्धी कार्यहरू गर्ने
  • स्थानीय प्रशासन सञ्चालन गर्ने
  • नागरिकता सम्वन्धी सेवा प्रदान गर्ने
  • राहदानी सम्वन्धी सेवा प्रदान गर्ने
  • मुद्दा तथा ठाडो उजुरी सुनुवाई गर्ने
  • हातहतियार इजाजत तथा नवीकरण सम्वन्धी सेवा प्रदान गर्ने
  • संस्था दर्ता तथा नवीकरण सम्वन्धी सेवा प्रदान गर्ने
  • विपद् व्यवस्थापन सम्वन्धी कार्य गर्ने
  • अख्तियार दुरुपयोग अनुसन्धान सम्वन्धी कार्य गर्ने
  • सुशासन/ सार्वजनिक सेवा प्रवाह सम्बन्धी कार्य गर्ने
  • सवारी साधन संचालन सम्बन्धी कानूनको कार्यान्वयन कार्यान्वयन गर्ने
  • गैरसरकारी संघ संस्था दर्ता र नवीकरण गर्ने
  • सरकारी वा सार्वजनिक जग्गामा संरक्षण गर्ने ।
  • लागू औषध नियन्त्रण र प्रशासन
  • कार्यालय निरीक्षण तथा अनुगमन ।
  • बाल कल्याण तथा बाल अधिकार संरक्षण ।
  • भ्रष्टचार नियन्त्रण ।
  • कल्याण धन र बेवारिसी धनको व्यवस्थापन ।
  • चिठ्ठा जुवा आदिको नियन्त्रण ।
  • सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम¸मादक पदार्थ¸सार्वजनिक अपराध आदिको नियन्त्रण ।
  • मुआब्जा  निर्धारण  तथा वितरण ।
  • पुरस्कार तथा सजाय सम्बन्धी कारवाहि र सिफारिस
  • जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पतीको रेखदेख¸सम्भार र मर्मत गर्ने   

          गराउने ।

  • जिल्ला स्थित कारागारको अनुगमन¸नियमन र नियन्त्रण ।
  • द्धन्द् प्रभावितको पहिचान तथा राहत वितरण ।
  • नाता प्रमाणित ।
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन
  • जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग ।
  • राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण ।
  • जिल्लामा संचालित  विकास निर्माण कार्यमा सहयोग ।
  • कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने
  • जिल्ला भित्रको सार्वजनिक पार्टी¸पौवा¸धारा¸कुवा¸सत्तल¸मन्दिर र धर्मशाला आदिको लगत   राख्ने ।
  • नेपाल सरकार र गृह मन्त्रालयबाट निर्देशित कार्यहरु

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा

  • स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्वन्धी सेवा :
  • नाम,थर वा उमेर आदि प्रमाणित ।
  • नावालकको उमेर प्रमाणित ।
  • पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्वन्धी सिफारिस
  • दलित, आदिवासी जनजाति प्रमाणित
  • पत्रपत्रिका दर्ता ।
  • छापाखाना दर्ता ।
  • पारिवारिक विवरण प्रमाणित ।
  • नाता प्रमाणित ।
  • विविध कार्य ।
  •  
  • राहदानी सम्वन्धी सेवा:
  • राहदानी फाराम संकलन ।
  • द्रुत सेवा अभिलेख प्रमाणित ।
  • राहदानी वितरण ।
  • MRP को विवरण संशोधन ।
  • नागरिकता सम्वन्धी सेवा:
  • वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण ।
  • वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण ।
  • नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण ।
  • नाम थर जन्म मिति संशोधन ।
  • मुद्दा तथा ठाडो उजुरी सम्वन्धी सेवा:
  • गुनासो वा ठाडो उजुरी ।
  • हातहतियार इजाजत तथा नवीकरण सम्वन्धी सेवा:
  • हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण
  • संस्था दर्ता तथा नवीकरण सम्वन्धी सेवा:
  • संस्था दर्ता ।
  • संस्था नवीकरण ।
  • संस्थाको विधान संशोधन ।
  • जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति ।
  • विपद् व्यवस्थापन सम्वन्धी सेवा:
  • जिल्ला विपद व्यवस्थापन समितिको वैठक व्यवस्थापन ।
  • विपद् सम्वन्धी कार्ययोजना निर्माण ।
  • विपद् न्यूनीकरणका लागि तयारी ।
  • विपद् भएको क्षति विवरण संकलन ।
  • विपद् पीडित भएकाहरुलाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुन:स्थापना
  •         अख्तियार दुरुपयोग अनुसन्धान सम्वन्धी सेवा:
  •    अख्तियार दुरुपयोग सम्वन्धी उजुरी एवं निवेदनहरु उपर छानबिन।


Last Updated : 2083-02-21 10:23:58

© All Rights Reserved to District Administration Office, Nuwakot .