Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला प्रशासन कार्यालय, नुवाकोटको अनुरोध

5 महिना अगाडी

2078-09-27


IMG_20220111_0008.jpg तस्बिर :

मिति:२०७८।०९।२७

जिल्ला प्रशासन कार्यालय, नुवाकोटको अनुरोध

      कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) सहितको संक्रमण विश्वका विभिन्न मुलुकहरु लगायत नेपालमा समेत तीव्र रुपमा फैलिरहेको सन्दर्भलाई दृष्टिगत गर्दै कोभिड-१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि मिति २०७८।०९।२७ मा बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकको सिफारिस समेतका आधारमा देहाय बमोजिम गर्न/गराउन सम्बन्धीत सबैमा जिल्ला प्रशासन कार्यालय अनुरोध गर्दछ।अनुगमनको क्रममा कसैले देहाय बमोजिम गरेको नपाइएमा प्रचलित कानून बमोजिम कार्वाही हुने व्यहोरा समेत अनुरोध छ ।

१. २५ जना भन्दा बढी भौतिक रुपमा उपस्थित भई हुने सबै प्रकारका तालिम, गोष्ठी, सेमिनार, सभा, जुलुश,

सम्मेलन, प्रदर्शन, भेला, जात्रा, मेला, महोत्सव सञ्चालन नगर्ने ।

२. २०७८ माघ ७ गते देखि सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल) प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्तिका लागि कार्यालयमा प्रवेश गर्दा कोभिड खोप कार्ड अनिवार्य रुपमा (मोवाइलमा फोटो भए पनि) देखाउनु पर्ने ।

३. जिल्लास्थित सेवा प्रदायक निकायहरुले सेवा प्रवाह गर्दा सम्भावित संक्रमण जोखिमलाई ध्यानमा राखी तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी/गराई सेवा प्रवाहको व्यवस्था मिलाउने ।

४. उद्योग, कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरु तथा यातायातका साधनहरु संचालन गर्दा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्ने सुनिश्चितता गरी संचालन गर्ने ।      

......................

 जीवन प्रसाद दुलाल

प्रमुख जिल्ला अधिकारी

पछिल्लो अपडेट गरिएको : 2079-02-27 13:56:21

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट

Powered By: ProActive Developers